काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबार राति १० बजेसम्म १ हजार २२२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार ३४ बालक, ४३ बालिका, २३६ महिला र ४०६ पुरुषको शव फेला परेको हो। त्यस्तै‚ ४२१ वटा आंशिक अंग र ८२ को नखुलेको शव फेला परेको छ।
अहिलेसम्म ८८२ जनाको शव व्यवस्थापन गरिएको छ। १ हजार ९२ मृतक र ५६३ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जनाएको छ। यसअनुसार डीएनए संकलनको कुल संख्या १ हजार ६५५ पुगेको छ।
भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धारका क्रममा २ हजार ९७२ जना परिचालित भएका छन्। हालसम्म २५ प्रहरीसहित ४ हजार ८७५ जना बाढीमा बेपत्ता छन्।
बाढीमा बेपत्ता भएकामध्ये स्वदेशी २ हजार ९२४ जना र विदेशी ६०१ जना रहेको प्रहरीले जनाएको छ। ४ हजार ६६९ पुरुष र २ हजार १९३ महिला तथा ४५ जना नखुलेकालाई उद्धार गरिएको छ। यस्तै, ६५० विदेशी नागरिकको पनि उद्धार गरिएको छ।
त्यस्तै होल्डिङ सेन्टरमा ३ हजार १२६ जना रहेका छन्। वेबसाइटमा पहिचान नखुलेका ९५३ शवको विवरण अपलोड गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।