काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पुगेका ९ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतको उत्तरप्रदेशस्थित कुशिनगर जिल्लाको खड्डा र पडरौना थानाका जनपद पुलिसले बुधबार अपराह्न ४ वटा र मंगलबार राति ५ वटा शव सुनौली नाकाबाट नेपाल ल्याएर रुपन्देहीको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका हुन् ।
हस्तान्तरण गरिएका शवमा एक बालिकासहित ४ महिला र ५ पुरुषका रहेका छन् । भारतबाट ल्याइएका शवको बेलहिया इलाका प्रहरी कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गरी भारतीय शव वाहनबाटै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।