काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ र सदस्य उद्योगहरूले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
चीनको तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संघले तत्काल राहत, उपचार तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ ।
संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
संघले विपत्तिको समयमा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाअनुरूप सहयोग गरिएको जनाएको छ । प्रभावित क्षेत्रको पुनःस्थापना तथा पूर्वाधार निर्माणलाई गति दिन सरकारसहित सम्बन्धित सबै पक्षको सक्रियता र सहकार्य आवश्यक रहेको संघको भनाइ छ ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।