काठमाडौं– बाढीपीडितका लागि राहत सामग्री लिएर अमेरिकी वायु सेनाको जहाज आज अपराह्न नेपाल आइपुगेको छ। राहत तथा उद्धारका सामग्री लिएर थाइल्यान्डबाट अमेरिकी वायु सेनाको जहाज काठमाडौँ आइपुगेको हो।
यसअघि आज बिहानै कोरियाबाट राहत सामग्री लिएर विशेष विमान काठमाडौं आएको थियो। त्यस्तै, आज अपराह्न जापानबाट समेत राहत सामग्री आइपुग्नेछ।
नेपालका लागि जापानी राजदुतले उक्त राहत सामाग्री नेपाल सरकारलाई हतान्तरण गर्दैछन् । रसुवाको भोटेकोसीमा गत बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका बाढीपीडितहरूका लागि आपत्कालीन राहत सामग्री लिएर विभिन्न मित्रराष्ट्रहरूले सहयोग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।