• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०८३  २०:४४
1140x725

काठमाडौं– नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।

लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।

काठमाडौं पुगेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सूदले विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभर छरिएर रहेका समुदायलाई अपिल गरे । बाढीका कारण घरबारविहीन बनेका नागरिकहरूको आवास निर्माणका लागि उनले ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव समेत गरे ।

यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै उनले नेपालमा पनि पहिचान गरिएका स्थानहरूमा आवास निर्माण थालिने जानकारी दिए ।

‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सूदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितहरूको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’

Ncell 2
Ncell 2
nimb
nimb

sonu-(1)-1788274741.jpg
 

सूदका अनुसार उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमै पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ ।

हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले बताए ।

सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने जानकारी दिए ।

नेपाली नागरिकहरूको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्तिहरू नेपाली नै रहेको उल्लेख गरे । ठूलो विपद्का बीच पनि नेपालीहरूले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरित गरेको उनको भनाइ थियो ।

यसै क्रममा अभिनेता सूदले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गरे । प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर यस्ता विपत्तिहरू बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि अहिले नै प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
सम्बन्धित सामग्री
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार साँझ सामाजिक सञ्जालमा लामो सम्बोधन गर्दै उनले कृष्णजन्माष्टमी र यस पर्वमा बालबालिकाको उत्साह हुने कुरालाई स्मरण गराउँदै भवि... शुक्रबार, भदौ १९, २०८३
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो उनका अनुसार भट्टार वस्तीका १० परिवारका करिब २५/३० जना मानिसलाई नजिककैको गुरसाडमा सारिएको छ। उनीहरूको लागि त्रिपाल लगायत खाद्यन्न साम... शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्