काठमाडौं– काठमाडौँको गोङ्गबुस्थित जलमापन केन्द्रमा विष्णुमती नदीको जलसतहले मंगलबार खतरा तह पार गरेको छ।
जलसतह बढेसँगै नदी आसपास तथा तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले त्यहाँ बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।