काठमाडौं– भदौ १० गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरु शव संकलन हुने क्रम जारी छ । मंगलबार सबैभन्दा धेरै क्षतिग्रस्त बनेको रसुवाको टिमुरेमा मात्रै ९८ वटा शव फेला परेका छन्। सुरुमा बाढीले बगाएका शव मात्रै संकलन गरेको प्रहरीले केही दिनदेखि पुरिएका वस्तीमा उत्खनन् गरेर पनि शव संकलन गरिरहेको छ।
टिमुरेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उत्खनन् गरेर ९७ वटा शव निकालेका हुन्। यसअघि यहाँ एउटा शव फेला परेको थियो।
रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार तीनदिनदेखि भइरहेको उत्खननमा ९७ वटा शव फेला परेका छन्। एउटा पहिल्यै आफन्तले पहिचान गरेर लगिसकेका थिए। स्याफ्रुबेसीमा ९ र बेत्रावतीमा ११ वटा शव फेला परेका छन्।
टिमुरेमा फेला परेका शव हेलिकप्टरमा संकलन गरिएको छ। सुरक्षाकर्मीहरुले नदी किनारका अन्य भागमा पनि खोजतलास गरिरहेका छन्। रसुवामा सबैभन्दा धेरै मानिस फसेको आशंका गरिएका टनेलमा भने उत्खनन् भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।