काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्टक्चर एनालाइसिसको काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।
टोलीले दिपा र आस्मालाई कागेश्वरी मनोहरा–थलीस्थित नगरपालिकाको कार्यालयबाट भदौ मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
दुवै जनालाई विशेष अदालतको आदेशबाट भदौ १६ गते म्याद थप गरी भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।