• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०८३  १६:३०
1140x725

काठमाडौं– बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ । परिवारले पछि विवरण मिलान गर्न सकून् भनेर शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका हुन् । उनका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ । 

‘मृतकहरूको पार्थिव शरीर, विशेषगरी पानीमा धेरै समयसम्म रहेका कारण पहिचान हुन नसक्ने र सडेगलेका शवहरूलाई अस्थायी रूपमा गाडिएको छ। पछि परिवारहरूले विवरण मिलान गर्न सकून् भनेर स्वास्थ्य टोलीले गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना लिएको छ र आवश्यक धार्मिक संस्कारका लागि शव उत्खनन गर्न अनुमति दिइनेछ,’ उनले भने । 

उनले शव व्यवस्थापनका क्रममा सरकारले तय गरेका मापदण्ड तथा निर्देशिकाको पूर्ण रूपमा पालना गरिएको बताए ।

प्रवक्ता पौडेल क्षेत्रीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९०३ वटा शव निकालिएको छ भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेका छन्। उपलब्ध तथ्यांकअनुसार ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन् । शव पहिचान तथा व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गरेको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ। त्यस्तै, सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने विषयमा पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

‘डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि यहाँ आइपुगेको छ । यस सम्बन्धमा सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने समन्वय पनि भइरहेको छ,’ उनले भने । 

शव व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्याग समेत प्राप्त गरेको छ भने थप आवश्यक सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए ।

उनका अनुसार सरकारले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरेको छ । उद्धार तथा राहतका लागि भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रमा परिचालन गरिएको छ। चीनबाट आएको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ ।

प्रवक्ता पौडेल क्षेत्रीले विपद्सम्बन्धी सूचनामा आधिकारिक तथा प्रमाणीकृत तथ्यांकलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणीकृत तथ्यांक मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता जारी राखेको जनाएको छ। भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती, डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको र विस्तृत विपद्पश्चात्को आवश्यकता मूल्यांकन गर्ने तयारी भइरहेको पनि प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ
सिके राउतले हारे मुद्दा
सम्बन्धित सामग्री
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा मन्त्रालयका अनुसार हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणमा ग्यारोङ त्साङ्पो नदी बेसिनमा यसअघि पहिचान भएका १४ वटा हिम... मंगलबार, भदौ १६, २०८३
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ अख्तियारका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्टक्चर एनालाइसिसको काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँ... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ। त्यस्तै, सिङ्गाप... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
छोचेन खोला क्षेत्रमा हिमपहिरोको जोखिम कायमै, ड्रोन तस्बिरले देखायो नयाँ खतरा मंगलबार, भदौ १६, २०८३
कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमालेले प्रधानमन्त्री राहत कोषमा रकम नराख्ने, आफ्नै संयन्त्रबाट राहत बाँड्ने मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : शवको पहिचानका लागि थप विदेशी डीएनए विशेषज्ञ टोली आउँदै मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्