काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि आज सातौं दिनको दिउँसोसम्म एक हजार ५८ जनाको शव फेला परेको छ ।
दिउँसो २ बजेसम्मको विवरण अनुसार सातौं दिनसम्म बाढीबाट प्रभावित क्षेत्रमा १ हजार ५८ शव फेला परेको र अहिलेसम्म पहिचान भएकामध्ये ५८ शव मात्र आफन्तलाई हस्तान्तरण गरिएको छ ।
फेला परेका शवमध्ये ३६७ पुरुष, १२२ महिला, ३५ बालिका, ३० बालक र १२० वटा पहिचान हुन नसकेका मानव अंग छन्। ५७२ शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रबाट घाइते तथा अन्य व्यक्तिको समेत उद्धार जारी रहेको छ।
प्रहरीका अनुसार होल्डिङ सेन्टरमा जम्मा ३ हजार ८ सय ९३ जना राखिएका छन्। तीमध्ये नुवाकोटमा २ हजार ८ सय ६६, धादिङमा २ सय ६०, रसुवामा ३८ र काठमाडौंमा ३ सय २५ जना रहेका छन्।
प्रहरीले पहिचान खुल्न नसकेका व्यक्तिको विवरण संकलनका लागि वेबसाइटसमेत सञ्चालन गरेको छ। बाढीमा सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिको खोजीका लागि सुरक्षा निकायले विभिन्न प्रभावित क्षेत्रमा टोली परिचालन गरेको छ।
यसैबीच, बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। पछिल्लो घटनाक्रममा सुरक्षाकर्मी तथा उद्धार टोलीले जलविद्युत् आयोजना, नदी किनार र जोखिमपूर्ण क्षेत्रमा केन्द्रित भएर खोजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।