नवलपरासी– भोटेकोशी बाढीमा बगेर भारत पुगेका चार जनाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
भारतको महाराजगन्ज जिल्लास्थित नदीमा फेला परेका ती शव भारतीय प्रहरीले पश्चिम नवलपरासी प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी मदन थापाले जानकारी दिए।
नेपाल प्रहरीले बुझेर चारै शवलाई पृथ्वीचन्द्र अस्पताल, परासीमा राखेको छ।
यसैबीच, पश्चिम नवलपरासीको नारायणी नदी किनारमा हालसम्म ५४ वटा शव र २८ वटा मानव अंग फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवको डीएनए परीक्षण गरी पहिचानको प्रयास गरिनेछ। पहिचान हुन नसकेका शवलाई सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।