• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रसुवा बाढी : सयौँ गाडी बेपत्ता, ढुवानी व्यवसायमा ठूलो धक्का

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०८३  ०८:४१
1140x725

काठमाडौं– भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ।

रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाएको छ। बाढीका कारण चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिए। उनले बाढीमा बेपत्ता भएका अधिकांश गाडीका चालक र सहचालकसमेत अहिलेसम्म सम्पर्कमा आउन नसकेको बताए। 

विभिन्न स्थानमा खोजी तथा उद्धारको काम जारी रहे पनि ठूलो संख्यामा चालक तथा सहचालकको अवस्था अझै अज्ञात रहेको उनले बताए।

उनले भने,‘थाहा भएअनुसार करिब चारसय गाडी र हाम्रा कन्टेनरहरू अहिले बेपत्ता अवस्थामा छन्। त्यसका चालक, सहचालकहरू पूरै सम्पर्कविहीन भइरहनुभएको अवस्था छ। अहिलेसम्म खोजतलास गरिरहेका छौँ। राज्य पनि लागिरहेको छ।’

बाढी आएको पाँच–छ दिन बितिसक्दा पनि धेरै चालक तथा सहचालक सम्पर्कविहीन रहेको भन्दै सापकोटाले उनीहरू जीवित भेटिने सम्भावनाप्रति आफू निकै निराश भइसकेको बताए। टिमुरेबाट भाग्न सफल भएका केही चालक सम्पर्कमा आएपनि अन्य धेरैको अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ।

‘मंैले आजसम्मको दिनमा एक–दुई जना मात्रै चालकहरू, टिमुरेबाट भाग्न सफल भएका चालकहरू भेटेँ, अरू कोही पनि भेटिएको अवस्था छैन,’ उनले भने।

विवरण संकलनमै कठिनाइ

बाढीले ठूलो क्षेत्रमा क्षति पुर्‍याएकाले त्यस समयमा कुन गाडी केरुङ प्रवेश गरिसकेको थियो, कति सडकमै थिए, कति भन्सार यार्डमा थिए र कति गाडी भन्सार प्रक्रिया पूरा गरेर फर्किँदै थिए भन्ने यकिन विवरण संकलन गर्न कठिन भएको सापकोटाले बताए।

nimb
nimb

विभिन्न ट्रक तथा कन्टेनर व्यवसायी संघसंस्थासँग समन्वय गरेर अहिले गाडीको विवरण संकलन भइरहेको छ। हिमाल सीमापार उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ तथा ट्रक कन्टेनर व्यवसायी महासंघलगायत संस्थासँग मिलेर तथ्यांक संकलन भइरहेको उनले बताए।

उनका अनुसार अहिलेसम्म दुईदेखि तीन सयसम्म गाडीको प्रारम्भिक सूची तयार भइसकेको छ। तर सबै गाडी एउटै संस्थामा आबद्ध नभएकाले विवरण एकीकृत गर्न थप समय लागिरहेको छ।

‘सबै कन्टेनर हामीसँग मात्रै दर्ता भएका छैनन्। कोही नारायणी संघ, कोही बल्खु संघमा दर्ता भएका पनि छन्। कोही टिपर संघमा आबद्ध छन्। त्यसैले अहिले सबै विवरण एकीकृत गर्न कठिन भइरहेको छ,’ सापकोटाले भने।

बाढीको समयमा स्याफ्रुबेँसी आसपास ठूलो संख्यामा गाडी रहेको व्यवसायीहरूको भनाइ छ। सापकोटाका अनुसार स्याफ्रुबेँसीमा मात्रै करिब ४५ वटा गाडी रहेको र बाढी आएको समयमा ती गाडी हटाउने प्रयास गर्दागर्दै बगाएको जानकारी आफूले पाएको बताए।

उनका अनुसार त्यस क्षेत्रमा रहेका गाडीका चालकहरूलाई तत्काल सुरक्षित स्थानमा जाने पर्याप्त समयसमेत मिलेन।

उनले भने,‘स्याफ्रुबेँसीमा ४५ वटा गाडी थियो रे, बाढी आयो भन्ने थाहा पाएपछि गाडी हटाउन खोज्दा पनि समय नै भएन। सबै गाडी रेडी बनाएर भाग्न खोज्दाखोज्दै भाग्न पाएनौँ भन्ने एक जना चालकले भन्नुभएको छ।’ 

त्यस्तै, स्याफ्रुबेँसीभन्दा माथि रोङ्गा क्षेत्रमा पालैपालो पार्किङ गरेर राखिएका करिब ३५ वटा गाडीसमेत बाढीले बगाएको जानकारी आएको उनले बताए।

भन्सार गरेर फर्किँदै गरेका गाडीसमेत फसे

बाढीका कारण भन्सार प्रक्रिया पूरा गरिसकेका गाडीसमेत प्रभावित भएको सापकोटाको भनाइ छ। भन्सार तिरेर प्रज्ञापनपत्र निकालिसकेका तथा चीनबाट सामान बोकेर फर्किएका गाडीहरू जोखिम क्षेत्रमा रोकिँदा ठूलो क्षति भएको उनले बताए।

उनका अनुसार भन्सार क्षेत्रमा मात्रै ठूलो संख्यामा गाडी रहेको थियो। करिब ७० देखि ८० वटा गाडी भन्सार प्रक्रिया पूरा गरेर बाहिरिने क्रममा रहेको र तीमध्ये धेरै गाडी बाढीमा परेको उनले बताए।

‘भन्सार तिरेर पैसा बुझाइसकेका ७०–८० वटा गाडी निस्किने बेलामा नै त्यहाँ परे। दैनिक करोडौँ राजस्व उठ्ने नाकामा राजस्व तिरेका गाडीहरू नै यस्तो अवस्थामा परेका छन्,’ सापकोटाले भने।

उनले रातको समयमा सडकमा गाडी आवागमनमा लगाइएको रोकले पनि जोखिम बढाएको हुनसक्ने विषयमा राज्यले समीक्षा गर्नुपर्ने बताए। भन्सार क्षेत्रबाट गाडीलाई केही तलसम्म सुरक्षित रूपमा आउन दिएको भए क्षति कम गर्न सकिने अवस्था हुनसक्ने उनको भनाइ छ।

‘रातभरि आउन दिएको भए, धुञ्चेसम्म आउन दिएको भए वा कालिकास्थानमा आएर रोकिदिएको भए पनि त्यहाँका गाडी सुरक्षित हुनेथिए कि, विपतको बेलामा झन् विपत् हुने अवस्था किन बन्यो भन्ने कुरा पनि अब हेर्नुपर्छ,’ उनले भने। 

ट्रक तथा कन्टेनरमा भएको क्षतिसँगै त्यसमा लोड भएका व्यापारीका सामानमा समेत ठूलो क्षति पुगेको सापकोटाले बताए। विशेषगरी चाडपर्व नजिकिएका बेला चीनबाट ठूलो मूल्यका सामान नेपाल ल्याइँदै गरेकाले व्यापारीको क्षति अझ ठूलो हुनसक्ने उनको भनाइ छ।

उनले भने,‘एउटा गाडीमा लगभग करोडभन्दा माथिको सामान बोकेर आएको अवस्था थियो। त्यसले गर्दा व्यापारीहरू पनि ठूलो क्षतिमा हुनुहुन्छ। माथिबाट आएको गाडी मात्रै डेढ सयजति गाडी भन्सार नभएको यार्डमा थियो भन्ने आएको छ।’ 

उनका अनुसार पारिपट्टि रहेका करिब ८३ वटा गाडी, भन्सार प्रक्रिया पूरा गरेर रहेका ७१–७२ वटा तथा बाटोमा रहेका अन्य गाडीसमेत बाढीबाट प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ।

गाडीको मूल्य मात्रै करोडौँ, वास्तविक क्षतिको विवरण आउन बाँकी

बाढीमा परेका गाडीको मूल्यका आधारमा मात्रै पनि क्षति निकै ठूलो रहेको सापकोटाले बताए। नयाँ कन्टेनर तथा ट्रकको मूल्य ८०–९० लाख रुपैयाँसम्म पर्ने र पुराना गाडीको मूल्य पनि ३०–३५ लाख रुपैयाँदेखि ५०–६० लाख रुपैयाँसम्म पर्ने उनले बताए।

तर कुन मोडेलको कति बगेको हो भन्ने यकिन विवरण तयार नभएकाले अहिले नै कुल आर्थिक क्षतिको रकम घोषणा गर्न नसकिने उनको भनाइ छ।

‘नयाँ गाडीको च्यासिस किन्नुपर्‍यो भने ९० लाखभन्दा माथि परेको छ। पुराना गाडी ३०–३५ लाख पर्ने छन्। १० चक्के ५७–५८ लाख पर्ने छन्। कुनको कति पर्यो, पुरानो कति पर्यो भन्ने अहिले एकिन गर्न सक्ने अवस्था छैन,’ सापकोटाले भने।

बाढीमा परेका तथा त्यसमा संलग्न चालक–सहचालकको बीमासम्बन्धी विवरणसमेत व्यवसायीहरूले संकलन गरिरहेका छन्। धेरैजसो गाडीको कुनै न कुनै प्रकारको बीमा रहेको भए पनि सबैको बीमा समान प्रकृतिको नभएको सापकोटाले बताए।

कतिपय व्यवसायीले थर्ड पार्टी बीमा मात्रै गरेका कारण प्रत्यक्ष क्षतिपूर्ति पाउन कठिन हुनसक्ने उनले बताए। तर चालक तथा सहचालकका लागि लागू हुने बीमा व्यवस्थाअनुसार परिवारले पाउनुपर्ने रकम तथा सुविधा उपलब्ध गराउनुपर्ने उनको माग छ।

शव पहिचानमा पनि समस्या

बाढीपछि विभिन्न स्थानमा शव भेटिए पनि धेरै शवको पहिचान हुन नसकेको सापकोटाले बताए। व्यवसायी तथा परिवारका सदस्यहरूले विभिन्न ठाउँमा टोली परिचालन गरेर शव पहिचानको प्रयास गरिरहेका छन्।

उनका अनुसार आफ्ना मजदुर तथा चालकहरूमध्ये केहीको मात्रै पहिचान भएको छ भने कतिपयको अन्त्येष्टिसमेत भइसकेको छ।

‘हाम्रा मजदुरको लास चिनिने भनेको तीन–चार जनाको मात्रै अवस्थामा छ। दुई जनाको त उहाँहरूले आफैँ बुझिसक्नुभएको छ। बाह्रबिसे–७ र भोटेकोशी–३ का व्यक्तिको दाहसंस्कारसमेत भइसकेको अवस्था छ,’सापकोटाले भने।

शवलाई भेटिएको अवस्थामै व्यवस्थित रूपमा उठाएर पहिचान तथा सनाखतको प्रक्रिया अघि बढाउन राज्यले थप ध्यान दिनुपर्ने उनले बताए।

सापकोटाका अनुसार व्यवसायीहरूले अहिले सबैभन्दा पहिले बेपत्ता भएका चालक, सहचालक तथा मजदुरको विवरण संकलन गरिरहेका छन्। त्यससँगै क्षतिग्रस्त तथा बेपत्ता गाडीको नम्बर, सम्बन्धित व्यवसायी, बीमाको अवस्था र अन्य विवरणसमेत तयार पारिँदै छ।

उनले राज्यले व्यवसायीका संघसंस्थासँग समन्वय गरेर आधिकारिक तथ्यांक तयार गर्नुपर्ने बताए। विभिन्न संस्थामा आबद्ध गाडीको विवरण एकीकृत गरेर मात्रै वास्तविक क्षतिको तथ्यांक निकाल्न सकिने उनको भनाइ छ।

उनका अनुसार गाडीको संख्या प्रारम्भिक अनुमानभन्दा अझ बढ्न सक्ने सम्भावना छ। हाल चार–पाँच सय गाडी क्षतिमा परेको अनुमान गरिए पनि विवरण संकलनपछि यो संख्या पाँच सय वा छ सयसम्म पुग्नसक्ने उनले बताए।

कूटनीतिक पहल आवश्यक

बाढीपछि चीनको केरुङतर्फ रहेका नेपाली कन्टेनरको अवस्थालाई लिएर पनि व्यवसायीहरू चिन्तित छन्। सापकोटाका अनुसार केही गाडी सामान लोड गरेर चीनमै सुरक्षित अवस्थामा रहेका छन् भने केही गाडी नेपालतर्फ आउन नपाई उतै रोकिएका छन्।

उनका अनुसार करिब २० वटा सामान लोड भएका र सिल गरिएका गाडी केरुङमै सुरक्षित रहेको जानकारी आएको छ। त्यस्तै, करिब १५५ वटा गाडी सामान लोड गर्नका लागि केरुङतर्फ जाने तयारीमा रहेको अवस्थामा बाढीका कारण आवागमन प्रभावित भएको उनले बताए।

त्यहाँ रहेका नेपाली व्यवसायीका गाडी तथा सामान सुरक्षित राख्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने सापकोटाको माग छ।

बाढीका कारण यातायात व्यवसायसँगै ठूलो संख्यामा मजदुर तथा उनीहरूका परिवारसमेत प्रभावित भएको सापकोटाले बताए। आफ्नै क्षेत्रका मात्रै करिब ७३ जना मानिस प्रभावित भएको प्रारम्भिक जानकारी आएको र सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायत जिल्लाबाट समेत चालक तथा सहचालक प्रभावित भएको विवरण आउन थालेको उनले बताए।

उनका अनुसार सबैभन्दा ठूलो चुनौती अहिले क्षतिको वास्तविक तथ्यांक तयार गर्नु र बेपत्ता व्यक्तिको खोजी गर्नु हो।

‘हामी ठूलो क्षतिको भुमरीमा छौँ। अहिले ठ्याक्कै नसकिने अवस्था छ। मजदुर, व्यवसायी र सहचालक साथीहरूको खोजीमा छु। इन्स्योरेन्सलाई पनि सबै कुरा डिटेलमा पुर्‍याउनुपर्ने हुन्छ। कहाँ–कहाँ के–के भयो, त्यो सबै तथ्यांक चाहिन्छ,’उनले सुनाए।

उनले आफू अहिले विभिन्न संघसंस्था तथा राज्यका निकायसँग समन्वय गरेर तथ्यांक संकलनमा केन्द्रित रहेको बताए। गाडी नम्बर, चालक–सहचालकको विवरण, बीमाको अवस्था तथा क्षतिको प्रकृति प्रमाणित गरेर सरकार र बीमा कम्पनीलाई उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।

सापकोटाले विपद्को समयमा राज्यले व्यवसायीका संघसंस्थासँग प्रत्यक्ष समन्वय गरेर उद्धार, शव पहिचान, क्षतिको मूल्यांकन र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग गरे।

रसुवाको बाढीले मानवीय क्षतिसँगै सीमापार व्यापार र ढुवानी क्षेत्रमा समेत ठूलो असर पारेको छ। बेपत्ता गाडी तथा मानिसको यकिन विवरण आउन बाँकी रहेकाले आगामी दिनमा क्षतिको वास्तविक आकार अझ ठूलो देखिनसक्ने व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२७ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
रसुवा बाढी : सयौँ गाडी बेपत्ता, ढुवानी व्यवसायमा ठूलो धक्का
सम्बन्धित सामग्री
२७ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार देशका विभिन्न २७ जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य... मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सयौँ गाडी बेपत्ता, ढुवानी व्यवसायमा ठूलो धक्का भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको... मंगलबार, भदौ १६, २०८३
लम्ती खोलाले बगाउँदा छेडागाडका एक जना बेपत्ता छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ। मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
२७ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना मंगलबार, भदौ १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सयौँ गाडी बेपत्ता, ढुवानी व्यवसायमा ठूलो धक्का मंगलबार, भदौ १६, २०८३
लम्ती खोलाले बगाउँदा छेडागाडका एक जना बेपत्ता मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
बालेनले निजी फेसबुक अकाउन्टमा सरकारी कामको जानकारी दिएकोमा कटाक्ष सोमबार, भदौ १५, २०८३
अस्ताए खरिदारमा नाम निकालेर पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्