काठमाडौं– नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ।
ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्।
प्राकृतिक विपद्को यो कठिन घडीमा पीडित परिवारलाई तत्काल मद्दत पुगोसभन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।