लमजुङ– लमजुङस्थित मर्स्याङ्दी नदीको भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ।
जल सतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार सोमबार बिहान १:२० बजे मर्स्याङ्दी नदीको भकुण्डेबेशीस्थित जल मापन केन्द्रमा जल सतह ५.३५ मिटर पुगेको थियो। उक्त जल सतह सतर्कता तहभन्दा माथि रहेको र निरन्तर बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहानसम्म सतर्क रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।