काठमाडौँ –काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सोमबार राति सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।
यसैबिच पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोक जिल्ला स्थित मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची खोला र ईन्द्रावती नदीको तल्लो तटिय क्षेत्र दोलालघाट दोभान सम्मका बासिन्दा बिहान सम्मै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।