काठमाडौं – काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ । साँझदेखि परेको बर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै नदीमा बाढी बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैक्रममा काठमाडौंस्थित विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाको सूचनाका अनुसार गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।