काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोटको विदुर नगरपालिकामा पुगेका सभापति थापासँग स्थानीयले उद्धारमा ढिलाइ भएको गुनासो गरेका छन् ।
थापाले विदुर–३ का बाढी पीडित परिवारसँग कुराकानी गरेका थिए । सम्पर्कविहीन भएकाहरुको खोजीमा सरकराले ढिला गरेको गुनासो पीडित परिवारले गरेका हुन् ।
सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, तुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् । उनी दर्शन टार, पिपलडाँडा, कुमलटार, कोलनीलगायत ठाउँमा पनि पुगेको सँगै टोलीमा रहेका कांग्रेस विजय ढुंगानाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।