काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले सगरमाथा संवादको आयोजना गरेर विश्वका ठूला नेता र जलवायु विज्ञलाई राखेर नेपालको संकटबारे जानकारी गराउनुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजिक एक कार्यक्रममा बोल्दै उनले भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनको गम्भीर संकेतका रूपमा लिँदै नेपालले सगरमाथा संवाद आयोजना गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘विश्वका ठूला नेता तथा जलवायु विज्ञहरूलाई सहभागी गराएर जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा देखिन थालेका जोखिमबारे विश्वव्यापी छलफल गर्नुपर्छ ।’
हिमालय क्षेत्रको संरक्षणमा विश्व समुदायले तत्काल ध्यान नदिए पृथ्वीमै अझ ठूलो विनाश निम्तिन सक्ने उनको चेतावनी थियो। उनले भोटेकोशीमा आएको बाढी भविष्यमा हुन सक्ने ठूलो विपत्तिको संकेत मात्र भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।