काठमाडौं– भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ ‘ए’को सुरुङभित्र उद्धारका लागि प्रवेश गर्ने प्रयास तत्काल असम्भव बनेको छ।
आइतबार राति करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरिएपछि सुरुङको क्राउन (माथिल्लो भाग) पूरै पानीले भरिएको सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘क्राउन ब्लास्ट गर्यौं। भित्र पस्ने आशा असम्भव भयो। सुरुङको क्राउन पूरै पानीले भरिएको छ।’
न्यौपानेका अनुसार सुरुङको मुख खोल्ने कार्य भने यसअघि देखि नै निरन्तर जारी छ। तर‚ सुरुङको माथिल्लो भाग पानीले भरिएपछि भित्र प्रवेश गरेर उद्धार गर्ने सम्भावना तत्काल नरहेको उनले बताए।
उनले सुरुङको मुख खोल्ने काम निरन्तर भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।