काठमाडौं– रसुवा भोटेकोशी बाढीबाट घाइते भएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम लगिएको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने ४३ वर्षीया श्रीमती र ५० वर्षीय श्रीमानलाई काठमाडौं महानगरपालिकाले आज आश्रम पठाएको हो ।
उनीहरुको स्थायी बसोबास बाँके कोहलपुर हो । बाढीमा परेपछि उद्धार गरेर श्रीमानलाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते हुनुहुन्थ्यो । तर, भित्री चोट थिएन । उपचारपछि उनीहरु आज बिहान डिस्चार्ज भएका हुन् ।
डिस्चार्जपछि उनीहरुसँग घर फर्किने पैसा नभएको र श्रीमतीलाई पेटको समस्या सुधार गर्न केही दिन आराम आवश्यक भएकोले एम्बुलेन्समा राखेर मानव सेवा आश्रम लगिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।