काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (JGI) ले देशभर आएको विनाशकारी बाढीपहिरो तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
ग्रुपले विपद्बाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सरकारको राहत, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी प्रयासमा योगदानस्वरूप प्रदान गरेको जनाएको छ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति निरन्तर सहयोग र ऐक्यबद्धता जनाउँदै आएको जनाएको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै ग्रुपले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्का कारण कठिनाइ भोगिरहेका सबै व्यक्ति तथा समुदायप्रति सहानुभूति व्यक्त गरेको छ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले विपद्को यस कठिन घडीमा राहत, पुनःस्थापना, पुनर्निर्माण र ऐक्यबद्धतालाई प्राथमिकतामा राख्दै प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।