काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न भएको छ।
‘Everest Year – Clouds and Beyond’ मूल नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
कार्यक्रममा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको बताए।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनमा डिजिटल रूपान्तरण, ग्राहकमैत्री डिजिटल सेवा, डेटा आधारित निर्णय प्रणाली र स्वचालनलाई प्राथमिकता दिइने बताए।
कम्पनीका अनुसार २५ वर्षको अवधिमा नेपाल लाइफको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ भने मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम छ। कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरी ३६२ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको जनाएको छ। साथै, नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।