बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।
बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन्। पाँच जनाको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।