काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न नदी किनार तथा आसपासका क्षेत्रमा हालसम्म ७८८ जनाको शव भेटिएको छ।
नेपाल प्रहरीका अनुसार शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव फेला परेको हो। भेटिएका शवमध्ये सबैभन्दा बढी चितवनमा २६४ जनाको रहेको प्रहरीले जनाएको छ।
यसबाहेक रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको छ।
बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीलगायत विभिन्न सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। प्रहरीले हालसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।