काठमाडौँ– नुवाकोटस्थित माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि प्रयास भइरहँदा सुरुङ फेला परेको छ।
यसअघि सुरुङको मुखबाट सुरुङभित्र अक्सिजन पठाउन थालिएको थियो।
उद्धारस्थलमा रहेका रास्वपा सांसद् श्रीराम न्यौपानेले यो जानकारी गराएका हुन्।
फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ।
ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली खटिएको छ।
गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।