काठमाडौं– सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो।
आइतबार बिहानको सूचनामा नदीको जलसतह बढेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा सम्भावित बाढीको जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।