काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटरले बढेको हो।
आइतबार बिहान ७ बजेको सूचनाअनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएको छ। रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढी र विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नदीको जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नारायणी नदी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा बाढीको सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।