काठमाडौं– जिल्ला प्रशासन कार्यालय, रसुवाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको बताएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त सूचनालाई ध्यानमा राख्दै रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार भोटेकोशी नदी आसपासका क्षेत्रमा जोखिमको अवस्था निगरानीमा राखिएको छ। नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय बासिन्दा तथा नदी किनार आसपासका क्षेत्रमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्राधिकरणले थप सूचना तथा विवरण प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्दै जाने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।