काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन् ।
मन्त्री गुरुङले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको र त्यसमार्फत हावा पठाउन सुरु गरिएको बताए ।
अब सोही स्थानबाट खन्ने काम अघि बढाइने र उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् । मन्त्री गुरुङका अनुसार सुरुङमा फसेकाहरूको उद्धारका लागि उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।