काठमाडौ– भोटेकोशीको बाढीमा फसेका नागरिकहरुको उद्धारका लागि चिनियाँ विज्ञदेखि नेपाल माउन्टेन गाइड एशोसियसनका पर्वतारोहिसम्म परिचालित भएका छन् ।
रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारको लागि आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा पुगेको छ । उनीहरुले उक्त टनेलमा प्रवेश गरेर उद्धारका लागि पुगेका हुन् ।
त्यस्तै चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र पुगेर अवस्थाको मूल्याङ्कन गर्दै उद्धार प्रयासमा सक्रिय भएका छन् । उनीहरुले टनेलभित्र प्रवेश गर्दा ६ फिटसम्म हिलो र लेदो पाएपछि सोही अनुसारको तयारी गरेर पून सुरुङभित्र प्रवेश गर्ने तयारी गरेका छन् ।
दुवै टेनलमा टोलीले सुरुङभित्रको अवस्थाको निरीक्षण गर्दा गहिरो हिलो, माटो तथा लेदोले सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको पाइएको छ । डोरीको सहायताले सुरक्षित रूपमा अघि बढ्दै टोली करिब १२० देखि १३० मिटर सुरुङभित्र प्रवेश गरेको थियो ।
तर छातीसम्म आउने हिलोका कारण थप अघि बढ्न अत्यन्त कठिन भएपछि पूर्ण रूपमा अवरुद्ध भएको स्थानसम्म पुग्न नसकिएको टोलीले जनाएको छ। उद्धारलाई थप प्रभावकारी बनाउन अब होज पाइप तथा पम्प÷मोटर प्रणाली प्रयोग गरी सुरुङभित्र जमेको हिलो र लेदो हटाउने पर्ने र अवरुद्ध भाग सफा गर्न सके सुरुङभित्र फसेका व्यक्तिहरूसम्म पुग्ने सम्भावना रहेको टोलीको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।