काठमाडौं– त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा भारतबाट आएको विज्ञ टोली पनि खटिएको छ ।
भारतीय दूतावासका अनुसार उक्त टोली आजै आएको थियो । बुधबार बिहानको भोटेकोशी बाढीपछि सुरुङ मार्गभित्र फसेकाहरुको उद्धारका लागि नेपाली सेनाले प्रयाश गरिरहेको थियो । तर त्यतिले मात्र नपुगेपछि सरकारले भारत र चीनका विज्ञ टोलीको सहयोग मागेको थियो ।
सोही अनुसार आजै आइपुगेको भारतीय टोलीले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङको स्थलगत निरीक्षण गरेको छ । टोलीको प्राविधिक अध्ययनले सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई शीघ्र अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।