• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०८३  १७:५७
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको बताएका छन् । 

शनिबार भोटेकोशी बाढीबारे आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिए । 

‘नेपाल सरकार आफ्ना छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको छ । धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष (भ्mभचनभलअथ ऋयलतचय िच्ययm) स्थापना गरिएको छ। हाम्रा कूटनीतिक नियोगहरूले पनि प्रमाणित सूचनाको निरन्तर आदानप्रदान तथा अद्यावधिक गरिरहेका छन्। साथै, परिवारसँग सम्पर्क गराउन, आवश्यक सहयोग गर्न, पहिचान तथा स्वदेश फिर्ताको प्रक्रियामा सहजीकरण गरिरहेका छन्,’ उनले भने । 

मन्त्री खनालले भोटेकोशी नदीमा आएको बाढीको पूर्ण कारण अझै यकिन भइनसकेको भन्दै अहिले सरकारको मुख्य प्राथमिकता खोजी, उद्धार, राहत र पुनःस्थापना रहेको बताए । 

‘२०२६ अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीको पूर्ण कारण अझै यकिन भइसकेको छैन । सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध स्रोतसाधन र प्रयास परिचालन गरेको छ । विशेषगरी नेपाली तथा विदेशी नागरिकसहित अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजीलाई उच्च प्राथमिकता दिइएको छ । यो अहिले हाम्रो राष्ट्रिय प्राथमिकता हो,’ उनले भने । 

उनका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय जना अझै सम्पर्कविहीन छन् । त्यस्तै, ४ हजार ४५० भन्दा बढी मानिसको उद्धार गरिएको छ, जसमा १८७ भन्दा बढी विदेशी नागरिक रहेका छन् । 

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु, बेपत्ता तथा क्षतिको तथ्यांक परिवर्तन हुन सक्ने भन्दै मन्त्री खनालले आधिकारिक रूपमा प्रमाणित सूचनामा मात्र भर पर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरे ।

उनले भने, ‘खोजी तथा पहिचानको काम जारी रहेकाले मृत्यु, बेपत्ता तथा क्षतिको तथ्यांकमा परिवर्तन हुन सक्नेछ । त्यसैले नेपाल सरकार आम नागरिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आधिकारिक रूपमा प्रमाणित सूचनामा मात्र भर पर्न र अपुष्ट समाचार प्रकाशन तथा प्रसारण नगर्न अपिल गर्दछ ।’

Ncell 2
Ncell 2
nimb
nimb

रसुवा, नुवाकोट, धादिङ र चितवनमा सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा आपत्कालीन उद्धारकर्मीसहितका टोली परिचालन गरिएको उनले बताए । प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग उपलब्ध गराउने कार्यसमेत जारी रहेको उनको भनाइ छ ।

राहतअन्तर्गत आकस्मिक स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको मन्त्री खनालले जानकारी दिए ।

नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको पनि उनले बताए ।

भोटेकोशी बाढीपछि सुरुङमा फसेका मानिसको उद्धार तथा जीवित व्यक्तिको अवस्थिति पत्ता लगाउने प्रविधि, फरेन्सिक तथा डीएनए परीक्षण र शव व्यवस्थापनका लागि नेपालले मित्रराष्ट्रसँग विशेष तथा प्राविधिक सहयोग मागेको मन्त्री खनालले बताए ।

Xtrem

Xtrem

‘भारतबाट सुरुङ उद्धारका लागि ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भइसकेको छ भने चीनबाट सुरुङ उद्धार टोली पनि चाँडै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ,’ उनले भने ।

भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको उनले जानकारी दिए । चीन, जापान, अस्ट्रेलिया तथा अन्य मित्रराष्ट्रबाट पनि अत्यावश्यक सामग्री प्राप्त भइरहेको उनले बताए ।

बाढीबाट महत्वपूर्ण पूर्वाधार, घर, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको भन्दै मन्त्री खनालले आवश्यकताको विस्तृत मूल्यांकन भइरहेको बताए । पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचार गलत भएको स्पष्ट पार्दै उनले नेपाललाई सहयोग तथा सहायता आवश्यक रहेको बताए । 

‘म फेरि दोहो¥याउन चाहन्छु—विनाशको स्तर अत्यन्त ठूलो छ र नेपाललाई सहयोग तथा सहायता आवश्यक छ । यो आवश्यकता उद्धार र राहतको चरणमा मात्र होइन, पुनर्निर्माणको चरणमा अझ बढी हुनेछ,’ उनले भने । 

नेपाल सरकारले विपद्का लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले नेपाल तथा विदेशमा रहेका नेपाली र विदेशी नागरिकले समेत योगदान गर्न सक्ने बताए । उनले सामग्री सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय शुभेच्छुक, संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गर्दै हाल त्यस्तो सामग्री सहयोग स्वीकार गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । 

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका क्षेत्रमा ठूलो क्षति भए पनि नेपालका अन्य क्षेत्र सामान्य अवस्थामा रहेको र विदेशी नागरिक, यात्रु तथा पर्यटकका लागि खुला रहेको मन्त्री खनालले बताए ।

‘नेपाल भ्रमण गर्न इच्छुक विदेशी नागरिकलाई हामी स्वागत गर्दछौँ,’ उनले भने । 

मन्त्री खनालले यस कठिन समयमा सहयोग गर्ने छिमेकी, मित्रराष्ट्र तथा साझेदारप्रति आभार व्यक्त गर्दै सञ्चारमाध्यमको सहयोग र सहकार्यका लागि पनि धन्यवाद दिए । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल तथा आगामी प्रेस ब्रिफिङमार्फत नियमित रूपमा सूचना अद्यावधिक गर्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रम... बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्