वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख आर्थिक सहयोग गरेको छ।
शुक्रबार साँझ अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठुलो धनजनको क्षति पुगेकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन्। ‘वीरगन्जबासीले आर्थिक नगरीबाट धेरै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नेछन् भन्ने आश छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।