फाइल तस्बिर
काठमाडौं– बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
धादिङको बैरेनी बजारको करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएपछि पहिलो चरणमा शुक्रबार अत्यावश्यक सवारी साधनको आवागमन सुचारु गरिएको थियो।
तर, शनिबार बिहानदेखि सडकमा अलपत्र अवस्थामा रहेका सवारी साधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। अझै एकतर्फी मात्र यातायात सञ्चालन भइरहेकाले उक्त क्षेत्रमा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।