काठमाडौं– नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद् सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ ।
बैठकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्।
आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्नुपर्ने अपलिमा भनिएको छ । सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गरी संवेदनशील सूचना प्रवाह गर्न आग्रह गरिएको छ ।
अपिलमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईको हस्ताक्षर छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीकातर्फबाट चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।