काठमाडौं– नेपाली कांग्रेसले रसुवाको बाढीपछि बोलाएको आकस्मिक बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बाढीसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ ।
कांग्रेस सभापति गगन थापाले बाढीबाट देशमा ठूलो धनजनको क्षति भएको परिस्थितमा भोलिका लागि तय भएको महिला उद्यमशीलता सम्मेलन स्थगित गरिएको जानकारी दिए ।
तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै कांग्रेसले तत्काललाई ग्रीन टेबल शृंखलाको १८औँ कार्यक्रम समेत स्थगित गरेको छ ।
उनले भने, “बाँकी रहेका अप्रभावित भएका जिल्लाका साथीहरूले पनि मद्दत पुर्याउनुपर्छ । प्रभावित क्षेत्रका माननीयज्यू मोहन आचार्यलाई पनि भनेका छौँ । विपत्का बेलामा धेरै मान्छे लर्को लागेर जाँदा पनि सहयोग पुग्दैन । मोहनजीको संयोजनमा आवश्यकताअनुसार, हामी श्रोत, साधन धनजनका साथ परिचालिन हुनुपर्छ भनेर सोच्यौँ । मानवीयता भन्दा ठूलो कुरा केही छैन ।”
विभिन्न भ्रातृ संस्थाले पनि सहयोग गर्ने सभापति थापाले बताए । यी हुन् निर्णयहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।