काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रका लागि नेपालले चीन र भारत सरकारको सहयोग मागेको छ।
सस्मित पोख्रेलले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत सरकारसँग समन्वय गरिरहेको जानकारी गराएका हुन् ।
उनले भने, ‘चीन र भारत सरकारसँग परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको छ । चीन र भारतले आवश्यक सहयोग गर्ने जानकारी आएको छ।’ उनले दुवै देशले सहयोग गर्ने जानकारी गराएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।