काठमाडौं– प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी भएको छ ।
रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो ।
संक्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
त्यस्तै गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् । यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाइँदैछ ।
उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।