स्याङ्जा– स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्।
_x000D_
_x000D_
क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्धरले प्रहरी जवान चौधरीमाथि हातपात गरेको बताइएको छ।
_x000D_
_x000D_
ती समूहबीच गत वर्ष पनि भलिबल प्रतियोगितामा झगडा हुँदै आएको बताइएको छ। खेल प्रतियोगिताको सुरक्षाका लागि ३ प्रहरी जवान खटिएका थिए।
_x000D_
_x000D_
मानन्धरले हातपात गरेका प्रहरी जवानलाई सामान्य चोटपट लागेको छ। गाउँपालिका अध्यक्षले कानुन हातमा लिनु दुर्भाग्य भएको प्रमुख जिल्ला कोषहरि निरौलाले बताए। उनले मानन्धरको कार्यप्रति आपत्ति जनाएका छन्।
_x000D_
_x000D_
घटनाकाे पूर्ण विवरण पेस गर्न निर्देशन दिएको बताउँदै निरौलाले त्यसै अनुरुप कानुनी प्रक्रिया सुरु गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।