गौशाला– नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले मारुती भ्यानमा रहेका ८ सय पोका सोफी रक्सी बरामद गरेको छ।
_x000D_
_x000D_
जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २ सय ५० एमएलकोसोफी रक्सी लादी भारततर्फ जाँदै गरेको अवस्थामा सीमा सुरक्षाका लागि गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रक्सी बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
_x000D_
_x000D_
मारुती भ्यानमा रक्सी बोकी नेपालबाट भारततर्फ जाँदै गरेको मारुती भ्यान चालक प्रहरीलाई देखेर सीमा नजिकै नेपालतर्फ भ्यान छाडी भागेपछि प्रहरीले ती भ्यान र रक्सी बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको प्रहरी उपरीक्षक कार्कीले बताए।
_x000D_
_x000D_
बरामद भएका रक्सी र मारुती भ्यान आवश्यक कारबाहीका लागि क्रमशः आन्तरिक राजस्व कार्यालय जनकपुर र मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।