भोजपुर- दाउराको चिर्पट प्रहारबाट भोजपुरको षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ।
_x000D_
_x000D_
पुरानो रिसइबीका कारण स्थानीय पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।