डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका कार्यालय सार्ने विषयमा विवाद चुलिएको छ। नगरपालिकाको आफ्नै भवनको निर्माण कार्य सम्पन्न भएपछि नयाँ भवनमा दैनिक कामकाज गर्नेगरी कार्यालय सार्ने विषयमा विवाद भएको हो।
_x000D_
_x000D_
असोज २५ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यहरुले कार्यालय सार्ने पक्षमा उभिएका थिए। नगरप्रमुख भीमबहादुर साउदले कार्यालय सार्ने निर्णयका विषयमा भवन पूर्ण रुपमा तयार भई नसकेकाले सम्पूर्ण पूर्वाधार निर्माण भइसकेपछि मात्रै कार्यालयको व्यवस्थापन हुने दाबी गरेका छन्। नगरप्रमुख साउदले उपलब्ध भवन र जमिनको भोगाधिकार पूर्ण रुपमा पाएपछि उक्त भवनमा जाने बताए।
_x000D_
_x000D_
नगरपालिकाका बहुमत कार्यपालिका सदस्य, नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताहरु तथा स्थानीयले परशुराम नगरपालिकाको कार्यालय तत्काल सार्नुपर्ने दवाब सिर्जना गर्दै हात र टाउकोमा कालो पट्टी बाँधी नाराबाजी गरिरहेका छन्।
_x000D_
_x000D_
मंगलबार पनि जोगबुडा बजारमा नेकपाको आयोजनामा र्याली निकाली बजार परिक्रमा गरिएको थियो। उक्त र्याली बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो। जोगबुढा रहेको नगरपालिकालाई नयाँ बनेको भवनमा सार्नुपर्ने र लिखित निर्णय गर्नुपर्ने भन्दै नेकपा कार्यकर्ता र जनप्रतिनिधिहरुले दबाब दिँदै आएका छन्।
_x000D_
_x000D_
आन्दोलनका कारण स्थानीय जोगबुडा बजार पूर्ण रुपमा बन्द भएको छ। आन्दोलनले उग्ररुप लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेकपाका नेता गजेन्द्र शाही, नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद कर्ण मल्ल लगायतको टोली विवाद समाधानका लागी परशुराम नगरपालिका गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।