पाईं नियमित स्याउ खानुहुन्छ रु खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस् । किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ । अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर डाक्टरकोमा जानुपर्दैन ।
_x000D_
_x000D_
दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने कम हुन्छ । फोक्सो र कलेजो स्वस्थ राख्छ । नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । स्याउले दाँत बलियो चम्किलोसमेत बनाउन मद्धत गर्छ । बृद्धृबृद्धाले दिनहुँ स्याउ वा स्याउको जुस खाँदा पार्किन्सन्स र अलजाइमर्स रोग लाग्ने सम्भावना कम हुन्छ । स्याउले पित्तथैलीको पत्थरीको सम्भावनालाई पाि कम गर्छ । यसैगरी स्याउले आँखा तेजिलो बनाउन मद्धत गर्छ । रोग प्रतिरोध क्षमता बलियो बनाउने सबैभन्दा उत्कृष्ठ फल स्याउ हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।