हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको भीमफेदीमा सरकारी स्कर्पियो दुर्घटना हुँदा उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान काठमाडौंँबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश–३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सडकको डिभाइडरमा ठोक्किएर करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूमध्ये एक महिलाको अवस्था अत्यन्त चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
घाइते सबैको भीमफेदीस्थित अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।
दुर्घटनाग्रस्त स्कर्पियोमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा प्रमुख न्यायाधीश डाँगी पनि घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।