काठमाडौं– पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको प्राथमिकतामा परेको छ।
सर्वोच्चको दैनिक पेसी सूचीमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा यो मुद्दा पहिलो नम्बरमा राखिएको छ। सुनुवाइ सुरु भएको छ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
श्रेष्ठलाई वैयक्तिक गोपनीयता हनन भएको उजुरीका आधारमा प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।