काठमाडौं– नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताएका हुन्।
‘किसानलाई मलको अभाव छ तर हाम्रो कृषि मन्त्री भन्नु हुन्छ मल पर्याप्त छ तर मल कहाँ छ, उनले भने, ‘म जिल्लामा र विभिन्न पालिकाहरुमा जाँदा एउटा पालिकालाई ५० बोरा डिएपी र ५० बोरा युरीया मात्र उपलब्ध गराइन्छ। त्यसबाट किसानको हातमा १० केजी मल मात्र उपलब्ध गराइन्छ।’
आफू जिल्ला तथा स्थानीय तहका वडामा पुग्दा किसानलाई निकै कम मात्रामा मल उपलब्ध गराइएको उनले बताए। उनका अनुसार स्थानीय तहका वडामा डिएपी र युरीया मल सीमित मात्रामा उपलब्ध गराइने र त्यसबाट किसानको हातमा करिब १० केजी मात्र मल पर्ने अवस्था रहेको छ।
उनले मल आपूर्तिका लागि भारतसँग समयमै सम्झौता नगर्नुको कारणबारे समेत सरकारसँग प्रश्न गरे। विगतमा सीमावर्ती क्षेत्रबाट मल ल्याएर किसानलाई आपूर्ति गर्ने गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।