काठमाडौं– नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ। अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ का उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो।
_x000D_
_x000D_
अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायिक फुटबल खेल खेल्दै आएका सुलभले वेस्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ।
_x000D_
_x000D_
मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिनेछ। वर्ष गोल अवार्डका लागि यही कात्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ। सर्वाधिक मत पाउने गोलले वर्ष गोल अवार्डको उपाधि जित्नेछ।
_x000D_
_x000D_
हेलेनिक एट्लेटिक र वेस्टर्न सिड्नी क्लबबीच भएकाे खेलकाे हाइलाइट्स:
_x000D_
_x000D_
_x000D_
_x000D_
(राससकाे सहयाेगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।