काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय एक दिवसीय सिरिजमा नेपालले लगातार दोस्रो लज्जास्पद हार व्यहोरेको छ ।
बिहीबार नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भयो । यसअघि पहिलो खेल मंगलबार नामिबियासँग ८ विकेटले हारेको थियो । यस हारसँगै नेपालको लिग २ मा शीर्ष चारभित्रको यात्रा पनि धर्मराएको छ ।
हाल नेपाल पाँचौं स्थानमा रहेको छ । टस हार्दै ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभरमै अलआउट हुँदै १५७ रनमा समेटिएको थियो । उक्त झिनो लक्ष्य नेदरल्यान्डले पनि ४४ दशमलव ४ ओभरमा नै मात्र चार विकेटको क्षतिमा पूरा गर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।