काठमाडौं– आईसीसी विश्वकप लिग २ को सिरिज खेल्न नेदरल्यान्ड्समा रहेको नेपाली टोलीको ब्याटिङ लाइनअप फेरि धराशायी बनेको छ ।
पहिलो खेलमा नामिबियाका बलरसामु निरिह बनेको नेपाली ब्याटिङले दोस्रो खेलमा नेदरल्यान्ड्ससामु पनि सोही नियति प्रस्तुत गर्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ४४ दशमलव ४ ओभरमै मात्र १५७ रन बनाएर अलआउट भयो ।
पहिलो पावर प्ले मै सस्तैमा तीन विकेट गुमाएको नेपाली टोले मध्यक्रममा केही सम्हालिन खोजे पनि त्यो लय समाउन सकेन । र लगातार विकेट गुमाइरह्यो ।
नेपालका लागि ९० बल खेलेर आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । गुल्शन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आशिफ शेखले १४, करण केसीले अविजित १३ र सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्यान्ड्सका लागि एलेक्से रोय र रोइलोफ भान डर मर्भेले ३/३ विकेट लिँदा लोगन भान बीकले २ र क्ले क्लेइनले १ विकेट लिए । पछिल्लो केही वर्ष यताकै नेपाली टोलीको एक दिवसीयमा यसपाली लज्जास्पद प्रदर्शन भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।