काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आयोजित त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सका कप्तानले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । अंकतालिकामा पाँचौं स्थानमा रहेको नेपालले यसअघिको पहिलो खेल नामिबियाविरुद्ध ८ विकेटको लज्जास्पद हार व्यहोरिसकेको छ ।
त्यसैले पनि आज जित्नै पर्ने देखिएको छ । लिग २ अन्तर्गत आजको सहित ७ खेलमात्र बाँकी रहेकाले शीर्ष चारभित्रको दौडका लागि नेपालले अबका सबै खेलहरु जित्नुपर्ने दबाब देखिएको छ । अन्तिम पाँच एक दिवसीय खेलमा नेपालले चार खेल जितेको छ ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नामिबियाविरुद्धको खेलमा रहेका नन्दन यादवलाई आज बेन्चमा राखिएको छ भने उनको स्थानमा स्पिनर ललित राजवंशीलाई मौका दिइएको छ ।
आजको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, डा.ईशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।